मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेरक प्रसंग : मौका आउँछ, तर कहिले ?

nayapatrikadaily.com · Sun Sep 10 00:13:00 GMT 2023

एकपटक महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एउटा विश्वविद्यालयका विद्यार्थीमाझ आफ्नो मन्तव्य दिन निम्त्याइएका थिए । निर्धारित समयमै आइन्स्टाइन विश्वविद्यालयको सभाकक्षमा उपस्थित भए । सभाकक्षका कुर्सीहरू खचाखच भरिएका थिए । विश्वविद्यालयका प्राध्यापकदेखि विद्यार्थीसम्म सबै बडो उत्सुकतासाथ उनको प्रतीक्षा गरिरहेका थिए ।

आइन्स्टाइन सभाकक्षको मञ्चमा पुगेपछि उपस्थित सबैले आआफ्नो सिटबाट उठेर कर्तल ध्वनिसाथ ताली बजाएर उनको भव्य स्वागत गरे । कार्यक्रम सञ्चालकले अत्यन्त छोटो औपचारिकतापछि आइन्स्टाइनलाई माइक्रोफोन हस्तान्तरण गरे । आइन्स्टाइनले आफ्नो मन्तव्य सुरु गरे । उनले विश्वविद्यालयका विद्यार्थीलाई उत्प्रेरणा दिने खालका केही विचार राखे । यस क्रममा उनले भने– हेर्नुहोस् भाइबहिनीहरू ! हाम्रो जीवनमा मौका पटक–पटक आइरहँदैन । जब आउँछ, त्यसलाई खेर जान नदिई समाइहाल्नुपर्छ । त्यसरी अचानक आएको मौकाको सही सदुपयोग गर्न सकिएन या जानिएन भने जीवनभर पछुताउनुपर्ने पनि हुन सक्छ । त्यसैले, हाम्रो शिरमाथि आउने मौकालाई फुत्त उफ्रिएर समाइहाल्नुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)