एसीईएफ ग्लोबल अवार्डबाट भि–चित्र सम्मानित, नेपाली खेलकुद मार्केटिङ चर्चामा
ajakoartha.com · Mon May 25 06:40:00 GMT 2026

काठमाडौं- भी-चित्र प्रा. लि. ले गत ३० अप्रिल २०२६ मा भारतको गोरेगाउँ इस्टस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा आयोजित १५औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा थप दुई स्वर्ण पुरस्कार जित्न सफल भएको छ। एजेन्सीले बिराटनगर किंग्स NPL सिजन २ को सामाजिक सञ्जाल अभियान तथा नेपाल सुपर लिग सिजन ३ को इभेन्ट व्यवस्थापनमा गरेको उत्कृष्ट कार्यका लागि उक्त सम्मान प्राप्त गरेको हो। यी दुवै अभियानले नेपालको खेल तथा मनोरञ्जन उद्योगमा नयाँ मापदण्ड स्थापित गरेका छन्।
बिराटनगर किंग्सका लागि भी-चित्रले क्रिकेट टोलीको प्रचारमा मात्र सीमित नभई फरक अवधारणासहित अभियान सञ्चालन गरेको थियो। “Kingdom” अवधारणामा आधारित उक्त अभियानमा खेलाडी सार्वजनिक गर्ने कार्यक्रम, मस्कट परिचय, ट्रफी टुर र खेलका मुख्य क्षणहरूलाई एउटै निरन्तर कथाको रूपमा प्रस्तुत गरिएको थियो। इन्स्टाग्राम, टिकटक, फेसबुक र युट्युबमार्फत सिजनभरी १,७०० भन्दा बढी सामग्रीहरू प्रकाशन गरिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसको सार्वजनिक घोषणा यस अभियानको मुख्य आकर्षण बनेको थियो, जहाँ एउटै टिजर पोस्टले ११ लाख भ्यूज प्राप्त गरेको थियो। सिजनको अन्त्यसम्ममा यस अभियानले इन्स्टाग्राममा ७ करोड ३९ लाखभन्दा बढी, टिकटकमा २ करोड ९० लाखभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भने ४५० भन्दा बढी मिडिया कभरेज हासिल गर्दै बिराटनगर किंग्सलाई लिगकै सबैभन्दा प्रभावशाली डिजिटल फ्रेन्चाइजको रूपमा स्थापित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)