देउवा दम्पत्तिलाई पक्राउ गर्न जारी गरिएको पुर्जीविरुद्धको रिटमा सुनुवाइ हुँदै
shilapatra.com · Mon May 25 06:47:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणालाई पक्राउ गर्न जारी गरिएको पुर्जीविरुद्ध परेको रिटमा सोमबार सुनुवाइ हुँदै छ । सर्वाेच्च अदालतमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ ।
यसअघि ५ जेठमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको लागि दुवैपक्षलाई छलफलमा बोलाएको थियो । उक्त रिटमा आज दोस्रो सुनुवाइ हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)