मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
barnanmedia.com · Thu Jun 18 02:18:29 GMT 2026

सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ बस्ने मनोज कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।
ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका वडा नम्बर १० बस्ने नागेन्द्र यादवको इच्छा तथा मन्जुरी विपरीत सोही वडा बस्ने २२ वर्षीया एक किशोरीसँग जबर्जस्ती बिहे गराइदिएको आरोप छ । उनीहरुको बिहे वडा नम्बर ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलीयाको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)