अपूर्व क्षितिज पुनः प्रहरीको नियन्त्रणमा
nepalpress.com · Mon Oct 17 16:10:03 GMT 2022
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पुन: हिरासतमा लिएको छ । नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै यसअघि उनीमाथि अनुसन्धान गरिएको थियो ।
अनुसन्धान सकिएपछि अदालत जानेबेलामा बिरामी भएपछि छोडिएको थियो । त्यही केस बुझाउनका लागि हिरासतमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले नेपाल प्रेस लाई जानकारी दिए । उनले भने, ‘अस्तिको मुद्दा बुझाउन बाँकी थियो, त्यसैका लागि नियन्त्रण गरिएको हो ।’ भोलि वा पर्सि मुद्दा बुझाइने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)