तीन सय एघार विदेशी पर्यटकको उद्धार
gorkhapatraonline.com · Thu Sep 10 01:36:34 GMT 2026

भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीपछि ३११ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । पर्यटन विभागका अनुसार १५ औँ दिनसम्म १३ देशका ३११ जना विदेशी पर्यटकको उद्धार गरिएको हो ।
जसमध्ये सबैभन्दा बढी भारतका १७५, चीनका १११, जर्मनीका चार, अमेरिकाका चार, टर्किए, रुस, इटाली र भियतनामका दुई/दुई जना पर्यटकको उद्धार गरिएको छ । त्यस्तै गरी माल्टाका तीन तथा ओमान, स्विटजरल्यान्ड, बेलायत र बुल्गेरिएका एक/एक जना पर्यटकको सकुशल उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)