सार्वजनिक चासोका मुद्दामा फैसला गरेको दिन सोसल मिडियाबाट टाढा रहन न्यायाधीश पोखरेलको आग्रह
canadanepal.com · Mon May 25 07:02:04 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गरेका छन् । सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानुन व्यवसायीको मनोविज्ञानमा असर पार्न सक्ने भएकाले न्यायाधीश पोखरेले आग्रह गरेका हुन् ।
काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायाधीशहरुले फैसला गर्छौँ, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने ।’
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)