गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
barnanmedia.com · Mon May 25 06:52:37 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले समारोहमा सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई औपचारिक रूपमा गराइसकेको स्रोतले जनाएको छ ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने गर्दछ । समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
बालेन्द्र शाह