तनहुँमा स्वर्णविन्दु प्राशन गराउने बढे
gorkhapatraonline.com · Thu Sep 10 01:41:32 GMT 2026

तनहुँमा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले सञ्चालित ‘स्वर्णविन्दु प्राशन’ सेवाप्रति अभिभावकको आकर्षण बढेको छ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले पुष्य नक्षत्रको अवसरमा सञ्चालित पछिल्लो कार्यक्रमबाट ७१२ बालबालिका लाभान्वित भएका छन् ।
साउन महिनामा ३७८ बालबालिकाले मात्र यो सेवा लिएकामा यसपटक सहभागीको सङ्ख्या झण्डै दोब्बर पुगेको हो । चिकित्सालयका अनुसार एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई चिकित्सकको प्रत्यक्ष निगरानीमा स्वर्णभस्म, घिउ र महको उचित मिश्रणबाट बनेको औषधिय योग खुवाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)