संगिना वैद्यलाई काठमाडौं महानगरको सम्मान
onlinekhabar.com · Sat Dec 14 17:59:29 GMT 2024
२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी संगिना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले नगद १ लाख ५० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)