मन्त्री यादवले गरिन् सेज अतिक्रमित जग्गाको निरीक्षण
annapurnapost.com · Mon May 25 07:11:30 GMT 2026

सिमरा : उद्योगमन्त्री गौरीकुमारी यादवले आइतबार बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत निरीक्षण गरेकी छिन्। सरकारले हटाउने तयारी गरिरहेका बेला मन्त्री यादवले सेजको अतिक्रमित जग्गाको निरीक्षण गरेकी हुन्।
निरीक्षणका क्रममा स्थानीय सरकार, प्रशासन र स्थानीयसँग साक्षात्कार गरेकी मन्त्री यादवले सञ्चारकर्मीलाई भने कुनै प्रतिक्रिया दिइनन्। सञ्चारकर्मीको जिज्ञासामा मौन बसेकी मन्त्री यादवले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४, १४ र १५ मा पर्ने सेजअन्तर्गतको जग्गा र यसमा बनेका संरचनाको विषयमा जानकारी लिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)