रसुवा भोटेकोशी जलविद्युत आयोजनामा ड्रोनबाट खोज्दा भेटियो थप एक शव
himalpress.com · Thu Sep 10 01:56:50 GMT 2026

काठमाडौँ- रसुवाको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा थप एक जनाको शव भेटिएको छ । टनेलको ५० मिटर भित्रसम्म पुगेर खोजी गर्दा थप एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि मङ्गलवार सेनाले सुरुङको केबल टनेलमा ड्रोन प्रयोग गरेर खोज्दा एक जनाको शव फेला पारेको थियो । टनेलमा खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)