भारतमा १० दिनमा चौथोपटक पेट्रोल–डिजेलको मूल्य वृद्धि
baahrakhari.com · Mon May 25 07:24:13 GMT 2026

काठमाडौं । विश्वव्यापी संकटका बीच भारतमा पेट्रोल र डिजेलको मूल्य सोमबार फेरि वृद्धि भएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर २.६१ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.७१ रुपैयाँ वृद्धि गरिएको हो ।
पछिल्लो १० दिनमा पेट्रोल र डिजेलको मूल्य यो चौथोपटक बढेको हो । मूल्य बढ्नुअघि दिल्लीमा पेट्रोल प्रतिलिटर ९९.५१ रुपैयाँ र डिजेल प्रतिलिटर ९२.४९ रुपैयाँमा बिक्री भइरहेको थियो । तर अब, राजधानीमा पेट्रोल प्रतिलिटर १०२.१२ रुपैयाँ र डिजेल प्रतिलिटर ९५.२० रुपैयाँ पुगेको छ ।
लगातार बढिरहेको इन्धनको मूल्यको असर सर्वसाधारणमा पर्न थालेको छ । मूल्य वृद्धिका कारण ट्याक्सी, अटो र मालसामान ढुवानी सेवाको भाडामा समेत वृद्धि हुन सक्ने आशंका गरिएको छ ।
पश्चिम एसियामा चलिरहेको द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिसँगै भारतमा ऊर्जा मूल्यको भार सरकारी तेल कम्पनीहरूले मे १५ देखि नै बिस्तारै ग्राहकहरूमाथि थोपर्न सुरु गरेका थिए ।
न्यूज१८
#भारत
#पेट्रोल–डिजेल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ