मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालियन सिरी’ए शीर्ष स्थानको एटलान्टा र नापोली विजयी

ratopati.com · Sat Dec 14 20:12:00 GMT 2024

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको एटलान्टा र नापोली विजयी भएका छन् । शनिबार राती भएको खेलमा एटलान्टाले घरेलु टोली कालियरीलाई १-० ले हरायो । एटलान्टालाई विजयी गराउन निकोलो जानिओलोले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै ३७ अंक जोडेको एटलान्टा शीर्ष स्थानमा छ ।

यस्तै,, युडिनिजलाई ३-१ ले हराएको नापोली लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसको १६ खेलबाट ३५ अंक भएको छ । तेस्रो स्थानको इन्टर मिलानको भने ३१ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)