मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यार्चाको खोजीमा रित्तियो गाउँ

gorkhapatraonline.com · Thu Jun 18 02:56:29 GMT 2026

हिमालको काखमा अवस्थित चुमनुब्री गाउँपालिका अन्तर्गतको छेकम्पार बस्ती अहिले सुनसान छ । घरका ढोकामा ताल्चा झुन्डिएका छन् भने गाउँलेको जमघट बस्तीदेखि चार हजार मिटरभन्दा माथिका लेकखर्कतिर देखिन थालेको छ ।

यार्चागुम्बा सङ्कलनको मौसम सुरु भएसंगै सो गाउँका ८१२ घरधुरीका अधिकांश बासिन्दा भाज्यो, छेक्या र फुचुन लेकतर्फ लागेका छन् । ती लेक अहिले अस्थायी पाल, त्रिपाल र टहराले भरिएका छन् । वडाध्यक्ष टासीदोर्जे लामाका अनुसार गाउँका अधिकांश घरमा ताला लागेका छन् भने गाउँभर रित्तिएका जस्तै भएका छन् । कतिपय घरमा वृद्धवृद्धा मात्र छन् भने धेरैले तल्लो भेगका महिलालाई मासिक तबल दिएर घर तथा बालबच्चाको रेखदेखको जिम्मामा सुम्पिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)