टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
clickmandu.com · Sat Oct 12 16:22:36 UTC 2024

मुग्लिन (चितवन)- चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दसैँ मनाएका छन्। नेपालीहरुको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्।
सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिए। साथै उनले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताए। पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरु दङ्ग भएका छन्। फ्रान्स, जर्मनी र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दसैँको टीका र जमरा लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)