२२७ मिलियन डलर लागतमा १२६ मेगावाटको तल्लो सेती आयोजना निर्माण हुने
ajakoartha.com · Mon May 25 07:32:00 GMT 2026

काठमाडौं– तनहुँमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आयोजना एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर लगानी, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत निर्माण गरिनेछ ।
अर्धजलाशययुक्त उक्त आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ क्षेत्रमा रहनेछ । यस्तै, विद्युत्गृह, मुख्य सुरुङ तथा कर्मचारी आवास देवघाट गाउँपालिका– ३ र ४ मा निर्माण गरिने जनाइएको छ ।
आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ