मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद

barnanmedia.com · Sat Dec 14 22:07:45 GMT 2024

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आइरहेको बा. २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परेको हो। कारमा रहेको पाँचवटा कालो प्लाष्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)