मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धवलागिरीका घुम्ती गोठ संकटमा

himalpress.com · Thu Jun 18 03:04:17 GMT 2026

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ। बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो।

कुनै समय ३० वटासम्म गाईभैँसी पालेका धवलागिरी गाउँपालिका–३ मुनाका ६० वर्षीय यामप्रसाद पुनको गोठमा अहिले १० वटा मात्र छन् । “बाउबाजेले गर्दै आएको पशुपालनबाटै घरव्यवहार चलायौं, छोराछोरी पढायौं,” पुनले भने, “तर उमेर बढ्दै जाँदा गोठ लिएर लेकबेँसी गर्न कठिन भएकाले पशु संख्या घटाउनुपरेको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)