खड्गसहित भक्तपुरमा तलेजुको सेतो घोडा जात्रा मनाइयो
ekantipur.com · Sat Oct 12 17:04:23 UTC 2024
भक्तपुर — विजयादशमी अर्थात् टीकाको दिन शनिबार रातिदेखि भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडा जात्रा सुरु भएको छ । प्रत्येक वर्ष दसैंको टीकाका राति मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझदेखि सुरु भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
नेपाल संवत् ४४३ पौष शुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो जात्रा सुरु भएको मानिँदै आएको छ । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइकेहरू आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा एवं विसर्जन पूजा सम्पन्न गरेपछि रातिदेखि सेतो घोडा जात्रा सुरु गरी सहर परिक्रमा गरिने प्रचलन रहेको जोशीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)