मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च र उच्च अदालत २२ न्यायाधीश पद रिक्त, नियुक्ति ढिलाइमा दोषी को ?

barnanmedia.com · Sat Dec 14 22:28:58 GMT 2024

सर्वोच्च र उच्च अदालतमा २२ न्यायाधीश पद रिक्त छ। लामो समयदेखि सर्वोच्चमा ४ र उच्च अदालतमा १८ न्यायाधीश पद रिक्त भएका हुन्। पछिल्लो पटक गत कात्तिकमा सर्वाेच्चमा दुई न्यायाधीश थपिए पनि बाँकी चारको नियुक्ति हुन सकेको छैन। नियुक्तिका लागि न्याय परिषद्को बैठक पटक–पटक बस्छ पनि। तर, प्रक्रिया अगाडि बढ्न सक्दैन।

गत असोजको तेस्रो साता प्रधानन्यायाधीश बनेका प्रकाशमान सिंह राउतले न्यायालयलाई चुस्त दुरुस्त राख्न रिक्त सबै पदमा तदारुकताका साथ नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरे पनि नियुक्ति हुसन सकेको छैन। कानुनतः न्यायाधीशले अवकाश पाउनुभन्दा एक महिनाअगावै न्यायाधीश नियुक्ति हुनुपर्छ। तर न्याय परिषद्का सदस्यबीच कसलाई नियुक्त गर्ने भन्नेबारेमै छलफल हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)