मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा ‘प्रकृतिको साथी’ लाटोकोसेरो संरक्षण अभियान

deshsanchar.com · Sat Dec 14 22:57:32 GMT 2024

गलेश्वर (म्याग्दी)- ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाले जानकारी दिए ।

अभियन्ता ढुङ्गानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पंक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पंक्षी मानिन्छ । आकारमा सानो र ठूलो हुने यस पंक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेला हुन्छन् । यो चराको बासस्थान तराईदेखि हिमालसम्म पाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)