गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपति कार्यालयलाई पत्राचार
clickmandu.com · Mon May 25 07:43:50 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको स्रोतले जनाएको छ ।
हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने परम्परा छ भने प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
बालेन्द्र शाह