सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला
baahrakhari.com · Mon May 25 07:43:05 GMT 2026

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सोमबार (जेठ ११) बिहान सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ ।
भारत घर भई पोखरा–१७, घारीपाटनमा बस्दै आएका अन्दाजी ३४ वर्षीय मुकेश महतो आइतबार (जेठ १०) राति उक्त नदीमा हाम फाली बेपत्ता भएका थिए । उनको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट राति नै टोली खटिएको थियो । तर, फेला नपरेपछि टोली फर्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)