न्यायपालिकाको रिक्ततामा प्रधानन्यायाधीश, बार र कानुनमन्त्रीको अघोषित मेलजोल
barnanmedia.com · Sat Dec 14 23:08:52 GMT 2024

शुक्रबार सर्वोच्च अदालतका कर्मचारीहरू भेला पारेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल बार एसोसिएसनले प्रतिनिधि नपठाउँदा न्यायाधीशको नियुक्ति गर्न नसकिएको भनेर पानीमाथिको ओभानो बन्न खोजे । नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा न्याय परिषद्का पदेन सदस्य कानुन मन्त्री चौरसियाले न्यायाधीश नियुक्तिमा बारेका गरेका दुईवटा अवरोधका घटना अघि सारे ।
एक बारले गरेको आन्दोलन र अर्को न्याय परिषद् सदस्य नपठाएको कारण सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न नसकेको तर्क उनले गरे । र उनले बारले प्रतिनिधि पठाउनेबित्तिकै न्यायाधीश नियुक्ति हुने ठोकुवा पनि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)