दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रिको ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक
corporatenepal.com · Mon May 25 07:39:47 GMT 2026

काठमाडौं । नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । यस अवसरमा कम्पनीले ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रिहरू पनि औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष कार्यक्रममा देशभरका ४०० भन्दा बढी डिलर, रिटेलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई कम्पनीले आफ्नो ब्राण्ड विस्तार र नयाँ रणनीतिक यात्राको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ