मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

gorkhapatraonline.com · Mon May 25 07:48:18 GMT 2026

काभ्रेपलाञ्चोक, जेठ ११ गते । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा निकै चिन्ता परेको छ । घरबारी र तल्लोबारी गरी सात बोटमा बुद्धचित्त लटरम्म फले पनि गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उहाँ चिन्तित हुनुहुन्छ ।

गत साल सोही बोटबाट करिब रु तीन लाख आम्दानी गरेकामा यसपालि दाना पोहरभन्दा बढी नै फले पनि व्यापारीले त्यति नै मूल्य नदिने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसपालि असिना–पानी’ ले बुद्धचित्त रूखमा क्षति पु¥यायो, दानामा दाग लगेका छन्, राम्रै हुँदैन भनेकाले यसपालि आम्दानी घट्ला १” सात वर्षअघि राउतले रोपेका ती बुद्धचित्तका बोटले तीन वर्षदेखि उत्पादन दिन थालेका हुन् । “बर्सेनि उत्पादन भने बढ्दै गएको छ”, राउतले भन्नुभयो, “जेठ अन्तिमतिर दाना छिप्पिने भएकाले गाउँमा व्यापारी डुल्न थालिसकेका छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)