कर्णाली नदीमा बेपत्ता बालकको २१ दिनपछि शव भेटियो
gorkhapatraonline.com · Thu Sep 10 02:29:10 GMT 2026

खार्पुनाथ गाउँपालिका–१, सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक बालकको शव २१ दिनपछि भेटिएको छ। भेटिएको शव खार्पुनाथ गाउँपालिका–१, तल्लो लाली गाउँका रामचन्द्र रावलका १३ वर्षीय छोरा प्रशान्त रावलको रहेको पुष्टि भएको छ।
सर्केगार्ड गाउँपालिका–२, रिपस्थित कर्णाली नदीको किनारमा भेटिएको शव पुरिएको स्थानबाट बाहिर निकालिएको थियो। शव प्रशान्त रावलको भएको उनका बुवा रामचन्द्र रावलले सनाखत गरेपछि पहिचान भएको प्रहरी निरीक्षक युवराज ढकालले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)