मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकको रोजाइमा कोशी टप्पु

rajdhanidaily.com · Mon May 25 07:52:52 GMT 2026

सुनसरी । आर्थिक वर्ष २०८१ / ८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ ।

भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२ विदेशी पर्यटक रहेको आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । सुनसरी र सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा फैलिएको यस आरक्ष जङ्गली भैँसी (अर्ना) का लागि प्रसिद्ध छ । कोशी टप्पु रैथाने अर्ना पाइने नेपालको एक मात्र संरक्षित क्षेत्र मानिन्छ ।

सन् १९८७ देखि यो क्षेत्र रामसार सूचीमा सूचीकृत छ । यहाँ घडियाल, मगरगोही, सोंस (डल्फिन) तथा विभिन्न प्रजातिका माछा पनि पाइन्छन् । चराचुरुङ्गीको उच्च विविधताका कारण कोशी टप्पुलाई ‘चराहरूको राजधानी’ समेत भनिन्छ ।

प्राकृतिक सौन्दर्य र जैविक विविधताले समृद्ध यस क्षेत्र पक्षी अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी र विदेशी पर्यटकको आकर्षण बन्दै आएको छ । आरक्षलाई पूर्वी भारतसँग जोडिएको जैविक मार्गका रूपमा पनि लिइन्छ ।

चितुवाबाहेक अन्य ठूला मांसाहारी जनावरको सङ्ख्या न्यून रहे पनि आरक्षले पूर्वी तराई, मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको आरक्ष प्रमुख यादवले बताए ।

सम्बन्धित समाचार

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’

भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य

कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग

पर्यटकीय गन्तव्य बन्दै च्यामा गाउँ

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)