२०२६ दिपल एस०५ प्लसको बिक्री सुरु
baahrakhari.com · Mon May 25 07:52:49 GMT 2026

काठमाडौं । नेपालका निम्ति दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीको वितरक एमएडब्ल्यू वृद्धिले २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु गरेको छ । एउटा कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयूभीका रूपमा निर्मित नयाँ एस०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित छ ।
नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ छ, जसले यसलाई सेग्मेन्टमै सबैभन्दा पर्फर्मेन्सकेन्द्रित ईभी बनाएको कम्पनीको दाबी छ । यसमा ९९ किलोवाटको मोटर छ, जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ । र, ४०५ किलोमिटर डब्ल्यूएलटीपी रेन्ज दिन्छ ।
साथै, यसले १५१.५ किलोवाट डीसी फास्ट चार्जिङसम्म सपोर्ट गर्छ, जसले १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज दिन्छ, जुन यो सेग्मेन्टकै सबैभन्दा छिटो रहेको कम्पनीको दाबी छ ।
साथै, यसले ६ किलोवाटको भेहिकल टु लोड (भिटुएल) सपोर्ट गर्छ, जसका माध्यमबाट गाडीबाटै बाह्य उपकरणलाई विद्युत् आपूर्ति प्रदान गर्छ ।
विश्वको प्रतिष्ठित आईएफ डिजाइन अवार्ड २०२५ को विजेता एस०५ प्लसमा रहेको लाइन र सिग्नेचर फ्रेमलेस डोर तथा फ्लस ह्यान्डलले यसको रोड प्रेजेन्सलाई बेजोड बनाइदिन्छ । साथै, १५.४ इन्चको फुल एचडी टचस्क्रिन, आठवटा सोनी स्पीकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलरको एम्बायन्ट लाइटिङले यसको इन्टेरियरलाई प्रिमियम बनाउँछ ।
१५९ लिटरको फ्रंक र सेग्मेन्टमै पहिलोपटक प्रयोग गरिएको रिमोट इन एन्ड आउट सिस्टम रहेको छ, जसले स्मार्ट पार्किङ सम्भव बनाएको छ । साथै, यसमा फोरजी र फाइभजी कनेक्टिभिटी छ, जसले चालकलाई हरसमय इन्टरनेटसँग जोडिरहेको हुन्छ ।
२०२६ दिपल एस०५ प्लसले विश्वविख्यात ५ स्टार युरो एनक्याप रेटिङ पाएको छ । यो रेटिङ सुरक्षा विशिष्टता मात्र होइन, एउटा ग्यारेन्टी पनि हो ।
२०२६ दिपल एस०५ प्लस आफ्नो कारबाट पफर्मेन्स, डिजाइन, टेक्नालोजी र सेफ्टी सबै खोज्ने ग्राहकका निम्ति बनेको हो, जो कुनै पनि हिसाबमा सम्झौता गर्न चाहँदैनन् । नेपाली बजारमा यो एसयूभी ५३ लाख ९९ हजार रुपैयाँमा बुकिङ र खरिदका लागि उपलब्ध छ ।
#ईभी
#कम्पनी
#दिपल एस०५ प्लस
#एमएडब्ल्यू वृद्धि
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ