प्रहरी राज्यको संस्था भएकाले निष्पक्ष रहनुपर्ने, डीएसपी चौधरीको पक्षमा समर्थन
barnanmedia.com · Thu Jul 09 13:01:44 GMT 2026

कैलालीस्थित इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न धारणा सार्वजनिक भइरहेका बेला सामाजिक सञ्जालमा उनको पक्षमा पनि समर्थन देखिएको छ।
समर्थकहरूले प्रहरी कुनै व्यक्ति वा राजनीतिक दलको नभई राज्यको संस्था भएकाले कानुनको निष्पक्ष कार्यान्वयन गर्नु यसको मूल दायित्व भएको बताएका छन्। उनीहरूले डीएसपी चौधरीले व्यक्त गरेको धारणा प्रहरी संगठनको व्यावसायिकता र निष्पक्ष भूमिकासँग मेल खाने भन्दै त्यसलाई गलत रूपमा व्याख्या गर्न नहुने तर्क गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)