दस खेलाडीमा सीमित भ्यालेन्सियाको जित
ekantipur.com · Sat Aug 14 01:27:13 GMT 2021
म्याड्रिड — दस खेलाडीमा सीमित भ्यालेन्सियाले स्पेनी ला लिगाको उद्घाटन खेलमा शुक्रबार गेटाफेलाई १–० ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै डिफेन्डर ह्युगो गुलेमनलाई रातो कार्ड देखाइएको थियो ।
गेटाफेका मिडफिल्डर नेमान्जले माकसिमोभिचमाथि डरलाग्दो ट्याकल गरेको आरोपमा उनलाई सिधा रातो कार्ड दिइएको हो । त्यसको आठ मिनेटपछि कार्लोस सोलरले पेनाल्टीबाट विजयी गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)