जनकपुरमा रावण बध गरियो
barnanmedia.com · Sat Oct 12 21:34:27 UTC 2024

विजया दशमीको अवसरमा जनकपुरधाममा आज रावण बध गरिएको छ । भगवान रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए ।
भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरधाममा प्रत्येक वर्ष रावण बध मेला लाग्ने गर्छ । विजय दशमीको आज अन्तिम दिन साँझ रावण, मेघनाथ, कुम्भकर्णको प्रतीमा निर्माण गरी राम मन्दिरका महन्त बाबा राम गिरीले रावण बध गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)