पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
nepalbahas.com · Thu Jun 18 03:32:21 GMT 2026

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
४ असार, कास्की । निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ ।
निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए ।
“स्वास्थ्य उपपचारका सम्बन्धमा निजामती अस्पतालसँग एक साताअघि सम्झौता भएको थियो । त्यसपछि केही व्यवस्थापनको काम बाँकी सकेर अहिले सेवा दिन सुरु गरेका छौँ”, सूचना अधिकारी अर्यालले भने ।
यस व्यवस्थाअनुसार निजामती कर्मचारी र उनीहरूका परिवारले ओपिडी, भर्ना, प्रयोगशाला परीक्षण, शल्यक्रिया तथा अस्पताल उपलध रहेका सबै सेवा निजामती कर्मचारी अस्पतालले निर्धारण गरेअनुसारका सुविधा र सहुलियत प्राप्त गर्नेछन् । सहुलियत उपचार कार्ड प्राप्त गरेका लाभग्राहीले उपचार सुविधा लिन सक्ने बताइन्छ ।
सेवा लिनका लागि निजामती कर्मचारी अस्पतालले जारी गरेको उपचार सहुलियत परिचयपत्रको सक्कल प्रति, हाल कार्यरत कार्यालयको परिचयपत्र तथा सेवा निवृत्त कर्मचारीका हकमा पेन्सन पट्टाको प्रतिलिपि पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।
सेवा विस्तारसँगै गण्डकी प्रदेश तथा आसपासका जिल्लाका निजामती कर्मचारी र उनीहरूका परिवारले काठमाडौँ जानुपर्ने बाध्यता कम हुने तथा सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने विश्वास गरिएको छ ।
काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै सरकारले सिभिल अस्पतालको स्वास्थ्य सेवा पु¥याउने निर्णय गरेर अस्पतालहरुसँग सम्झौता गरेको थियो ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
क्षयरोगका बिरामी खोज्दै पालिका
असार ३, २०८३ बुधबार
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
असार २, २०८३ मंगलबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन
असार २, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
असार ३, २०८३ बुधबार
२
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
असार ३, २०८३ बुधबार
३
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
असार ३, २०८३ बुधबार
छुटाउनुभयो कि?
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
असार ४, २०८३ बिहिबार
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
असार ४, २०८३ बिहिबार
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
असार ४, २०८३ बिहिबार
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया ४–२ गोल अन्तरले पराजित
असार ४, २०८३ बिहिबार
विश्वकप फुटबलः पानामालाई १–० गोलअन्तरले पराजित गर्दै घाना विजयी
असार ४, २०८३ बिहिबार
विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
असार ४, २०८३ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)