मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो हुनुपर्छ नमुना विद्यालय ?

ekantipur.com · Sat Mar 09 23:44:59 GMT 2024

नमुना विद्यालय सञ्चालन निर्देशिका, २०७४ (पहिलो संशोधन २०७५) मा ‘प्रत्येक स्थानीय तहमा क्रमिक रूपमा एक नमुना विद्यालय सञ्चालन हुने’ उल्लेख छ । यस्ता विद्यालयका लागि केही सर्त छन् ।

जस्तो कि शैक्षिक पूर्वाधारअन्तर्गत माध्यमिक विद्यालय हुनुपर्ने, विद्यालय सुरक्षित स्थानमा हुनुपर्ने, लिखित प्रतिबद्धता र सिफारिस पेस गर्नुपर्ने, विद्यार्थी संख्या शिक्षा नियमावलीले तोकेबमोजिको हुनुपर्ने । त्यस्तै, भौतिक पूर्वाधारअन्तर्गत शिक्षण भवन तथा कक्षाकोठा, प्रशासनिक आवासीय सुविधा, पुस्तकालय, प्रयोगशाला, विद्यालय संग्रहालय, प्राथमिक उपचार तथा परामर्श कक्ष, व्यावसायिक कार्यशाला कक्ष, खानेपानी सरसफाइ स्वच्छता सुविधा, चमेना गृह, अडिटोरियम हल, घेराबार तथा बगैँचा, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था हुनुपर्छ । विद्यालयको सुशासनलगायत सर्त पनि तोकिएका छन् । नमुना विद्यालय सञ्चालनका लागि यी आधार तथा सर्त सही छन् । तर शिक्षा प्राप्त गर्नु सबैको नैसर्गिक अधिकार हो र गुणस्तरीय शिक्षामा सबैको पहुँच हुनुपर्ने कुरा मनन गर्ने हो भने, सबै स्थानीय तहमा क्रमिक रूपमा सबै विद्यालयलाई नमुना विद्यालय बनाउने योजना ल्याइनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)