काभ्रे बस दुर्घटना: मृतकको सम्झनामा शुक्रवार रोशी गाउँपालिकामा शोक बिदा
nepalnews.com · Thu Jun 18 03:39:17 GMT 2026

काठमाडौँ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा रोशी गाउँपालिकाले असार ५ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा जारी विज्ञप्ति अनुसार आगामी असार ५ गते शुक्रवारका दिन गाउँपालिकाभर शोक बिदा दिइने भएको हो।
गत जेठ २९ गते दिउँसो अन्दाजी १४: १५ बजेको समयमा बी।पी। राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं. २ स्थित बुच्चाकोट सडक खण्डमा दुर्घटना भएको थियो। बनेपाबाट रोशी गाउँपालिका वडा नं. ८ को खार्पा चोक हुँदै वडा नं. ६ को सुँगुरे तर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)