पैँतालिस परिवारले पाए लालपुर्जा
gorkhapatraonline.com · Thu Jun 18 03:41:00 GMT 2026

बर्सौंदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका गन्यापधुरा गाउँपालिका–५ का ४५ परिवारले मङ्गलबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । वडा नं. ४ का ५२ घरधुरीले केही दिनमै लालपुर्जा पाउने आशा गरेर बसेका छन् ।
गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेटी तथा वडाध्यक्ष सिपी रोस्याराले स्थानीयलाई लालपुर्जा वितरण गरेपछि वडा कार्यालयपरिसरमा उत्साह र खुसी छाएको थियो । स्थानीय ईश्वरीदेवी ओलीले यस दिनलाई आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धिका रूपमा लिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)