नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग
nagariknews.nagariknetwork.com · Thu Sep 10 02:49:26 GMT 2026

नेपाल नेत्रज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई संघका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरे। गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट रु ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट रु ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)