मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

himalpress.com · Mon May 25 08:15:28 GMT 2026

काभ्रेपलाञ्चोक- रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहुमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा निकै चिन्ता परेको छ । घरबारी र तल्लोबारी गरी सात बोटमा बुद्धचित्त लटरम्म फले पनि गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उनी चिन्तित छन् ।

गत साल सोही बोटबाट करिब रु तीन लाख आम्दानी गरेका उनले यसपालि दाना पोहरभन्दा बढी नै फले पनि व्यापारीले त्यति नै मूल्य नदिने बताउँछन् । उनी भन्छन्, ‘यसपालि असिना–पानीले बुद्धचित्त रूखमा क्षति पुर्‍यायो, दानामा दाग लागेका छन्, राम्रै हुँदैन भनेकाले यसपालि आम्दानी घट्ला!’ सात वर्षअघि राउतले रोपेका ती बुद्धचित्तका बोटले तीन वर्षदेखि उत्पादन दिन थालेका हुन् । ‘बर्सेनि उत्पादन भने बढ्दै गएको छ’, राउतले भने, ‘जेठ अन्तिमतिर दाना छिप्पिने भएकाले गाउँमा व्यापारी डुल्न थालिसकेका छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)