मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘भविष्यको पेन्सन’ बन्न सक्छ जडीबुटी खेती

gorkhapatraonline.com · Thu Jun 18 03:55:33 GMT 2026

वनस्पति अनुसन्धान केन्द्र सल्यानले औषधीय गुणले भरिएका विभिन्न जडीबुटी र वनस्पतिका बिरुवा निःशुल्क वितरण गर्न सुरु गरेको छ । वनस्पति अनुसन्धान तथा बिरुवा उत्पादनलाई समेत प्राथमिकतामा राखेर यस वर्ष असार १ गतेदेखि बिरुवा वितरण गर्न सुरु गरिएको हो ।

आम्दानी, बढ्दो उत्पादन लागत र खेतीयोग्य जमिन बाँझिने क्रम बढिरहेका बेला जडीबुटी खेती किसानका लागि भविष्यको भरपर्दो आम्दानीको आधार बन्दै गएको छ । एक पटक रोपेर बर्सौंसम्म उत्पादन लिन सकिने तथा बजारमा उच्च मूल्य पाइने वनस्पतिले किसानका लागि दीर्घकालीन फाइदा हुने हुनाले यस्ता जडीबुटी खेतीलाई ‘भविष्यको पेन्सन’ का रूपमा समेत हेर्न थालिएको छ । जडीबुटी खेतीमार्फत आयआर्जन वृद्धि र वनस्पति विविधताको संरक्षण गर्ने उद्देश्यका साथ केन्द्रले सल्यानसहित आसपासका जिल्लामा बिरुवा वितरण गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)