मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलंकाका पूर्वराष्ट्रपतिका छोरा भ्रष्टाचार आरोपमा पक्राउ

kendrabindu.com · Thu Jun 18 03:50:30 GMT 2026

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका छोरा योशिता राजपाक्षे बुधबार भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । श्रीलंकाको भ्रष्टाचार विरोधी आयोगका अनुसार ३८ वर्षीय योशितामाथि नौसेना अधिकारीका रूपमा अन्तर्राष्ट्रिय तालिम प्राप्त गर्न सरकारी कोषको दुरुपयोग गरेको आरोप छ ।

आयोगका अनुसार आवश्यक योग्यता नपुगे पनि उनी नौसेनाको उच्च पदमा पुगेका थिए । र, उनलाई तालिमका लागि बेलायत पठाइएको थियो । योशिता सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी दुईवटा मुद्दाका पनि अभियुक्त हुन् । यसअघि उनी ती मुद्दामा धरौटीमा रिहा भएका थिए । उनीमाथि विदेश यात्रा गर्न समेत प्रतिबन्ध लगाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय