एभरेष्ट कलरको आईपीओ बाँडफाँट सम्पन्न, कसरी हेर्ने ?
corporatenepal.com · Thu Jun 18 03:44:37 GMT 2026

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार बिहान सम्पन्न बाँडफाँट प्रक्रिया टुङ्ग्याइएको हो ।
कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। प्राप्त आवेदनको आधारमा गरिएको बाँडफाँटपछि ६५ हजार ५७० जना आवेदकले सेयर प्राप्त गरेका छन् भने बाँकी लगानीकर्ता भने यसपटक सेयरबाट वञ्चित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ