मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विद्यालय शिक्षा : पालिकाले चाहे सुधार्न सक्छन्

shilapatra.com · Mon Jul 31 00:50:40 GMT 2023

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्ने अवस्थामा क-कसलाई फाइदा हुन्छ: समस्याको वृत्तान्त भन्ने सुधार चाहने अभियन्तालाई थाहा छ । तर, यति जटिल सुनिन्छ कि अब सुधार सम्भव नै छैन । विद्यालय सुधारलाई नियोजित रूपमा जटिल बनाइएको अवस्थाबाट दुःखी हुनेमध्ये म पनि एक हुँ । मलाई पनि यस्तो लाग्थ्यो कि अब पालिकाले पनि दिगो सुधारको कार्यदिशा अवलम्बन गर्दैनन् ।

सामुदायिक विद्यालयको सुधारका लागि पहल नगर्दा थरीथरीका स्वार्थ समूहलाई सहज हुन्छ । पढाउन नसक्ने र नचाहने शिक्षक, व्यवस्थापनको जिम्मेवारी लिन नचाहने व्यवस्थापन समिति र सामुदायिक विद्यालय बिग्रेमा व्यवसाय सप्रन्छ भन्ने संस्थागत विद्यालयलाई प्रत्यक्ष फाइदा हुन्छ । सरकारलाई पनि यस्तै छ भन्यो, थप लोड लिनै नपर्ने ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)