जेनजी आन्दोलनमा तोडफोड भएका शैक्षिक संस्थाको अवस्था कस्तो छ ?
baahrakhari.com · Thu Sep 10 03:10:42 GMT 2026

काठमाडौं । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको राजनीतिक अवस्थामा मात्रै परिवर्तन ल्याएन, त्यसको प्रभाव शिक्षा क्षेत्रमा समेत पर्यो । भ्रष्टाचार, राजनीतिक बेथिति र अव्यवस्थाविरुद्ध सुरु भएको आन्दोलनको प्रभाव काठमाडौंसहित देशभर पर्यो । प्रदर्शनकारीको निसानामा शैक्षिक संस्था पनि परे । विद्यालय तथा कलेजमा आगजनी, तोडफोड र लुटपाट हुँदा करोडौँ रुपैयाँबराबरको भौतिक संरचना क्षतिग्रस्त भयो ।
आन्दोलनमा सहभागी हुने ठूलो संख्या विद्यार्थीको थियो । त्यसैले प्रत्यक्ष प्रभाव विद्यार्थीको पठनपाठनमा समेत पर्यो । शिक्षालयमा भएको आगजनी र तोडफोडले केही समय शैक्षिक गतिविधि प्रभावित बनायो । विद्यार्थी, शिक्षक तथा अभिभावकमा समेत त्रासको अवस्था सिर्जना भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)