सिन्धुपाल्चोकका २२४ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

सिन्धुपाल्चोक । भोटेकोशीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका ६५ बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कविहीन भएको जानकारी दिए ।
त्यसैगरी जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना पनि सम्पर्कविहीन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)