रक्षाबन्धनको डोरो : विपत्तिबाट जोगाउने कि आफ्नै कमजोरी सम्झाउने ?
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

आज जनै पूर्णिमा हो। रक्षाबन्धन हो। नेपालका विभिन्न भूगोल, समुदाय र परम्पराअनुसार यो पर्व फरक फरक ढंगले मनाइन्छ। कतै दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्छन् । कतै पुरोहित वा गुरुको हातबाट रक्षासूत्र ग्रहण गरिन्छ । कतै आफ्नो धार्मिक, पारिवारिक तथा सामाजिक परम्पराअनुसार मान्यजनबाट रक्षा डोरो बाँध्ने चलन छ । कतै जनै परिवर्तन गर्ने दिनका रूपमा यसको विशेष धार्मिक महत्त्व छ भने कतै दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र पारस्परिक संरक्षणको सम्बन्धका रूपमा यसलाई आत्मसात् गरिन्छ । त्यसैले रक्षाबन्धन कुनै एउटा समुदाय वा एउटै अभ्यासमा सीमित पर्व होइन । यसको विधि फरक हुन सक्छ, परम्परा फरक हुन सक्छ, तर यसको केन्द्रमा रहेको भावना एउटै छ, रक्षा, सम्बन्ध, विश्वास र जिम्मेवारी ।
जनै पूर्णिमाको धार्मिक परम्परा ऋषितर्पणी, उपाकर्म र जनै परिवर्तनसँग जोडिएको छ । वैदिक परम्परामा पवित्र धागोलाई ज्ञान, अनुशासन र धार्मिक कर्तव्यको प्रतीकका रूपमा लिइन्छ । यही दिन मन्त्रले शुद्ध गरिएको रक्षासूत्र बाँध्ने परम्परा पनि छ। नेपालमा पहाडी तथा हिमाली क्षेत्रमा पुरोहित वा गुरुबाट रक्षासूत्र बाँध्ने परम्परा पाइन्छ भने तराई मधेसका धेरै समुदायमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने चलन लोकप्रिय छ । अर्थात्, विधि फरक होला, धागो फरक होला, बाँध्ने व्यक्ति फरक होला, शुभकामना दिने शब्द फरक होला, तर यसको मूल सन्देश एउटै छ, ‘तिमी सुरक्षित रहोस्, तिम्रो जीवन सुरक्षित रहोस्, हाम्रो सम्बन्ध सुरक्षित रहोस्।’
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)