मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीशमा शर्मा आएपछि वरिष्ठ न्यायाधीश मल्लको नाम किन हट्यो, फेरि किन राखियो ?

barnanmedia.com · Mon May 25 08:28:23 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माले जेठ ५ गते मंगलबार पदभार ग्रहणपछि न्याय परिषद् र न्याय सेवा आयोगमा वरिष्ठतम् न्यायाधीशमा सपना प्रधान मल्लको नाम जेठ ६ गते बुधबार दिउँसो २ बजेसम्म राखिएको थियो ।

बुधबार २ बजेपछि भने न्यायाधीश प्रधानको नाम एकाएक हटेको थियो ।

यस विषयमा विषयमा न्याय परिषद्का सूचना अधिकारी कुवेर पाण्डेसँग प्रश्न गर्दा उनले माथिबाट स्पष्ट निर्देशन नआएकाले हटाइएको बताएका थिए । 'वरिष्ठ न्यायाधीश को हो भन्ने विषयमा प्रधानन्यायाधीशबाट स्पष्ट जानकारी आएपछि मात्रै नाम राख्छौ, पाण्डेले गत बिहीबार भनेका थिए ।

आइतबारबाट पुन: न्याय परिषद् र न्याय सेवा आयोगको वेबसाइटमा वरिष्ठ न्यायाधीशमा प्रधानको नाम आएपछि सूचना अधिकारी पाण्डेले यसअघि प्राविधिक त्रुटिका कारण नाम हटेको बताए । पहिला निर्देशन आएन अहिले निर्देशन आएर नाम राखिएको हो भन्ने प्रश्नमा सूचना अधिकारी पाण्डेले ‘सचिवज्यूहरूले प्राविधिक त्रुटि हुँदा नाम हटेको जानकारी दिनुभएको’ बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय