एनआईसी एसिया बैङ्कद्वारा भोटेकोसी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा रु. २ करोड २१ लाख सहयोग
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ। एनआईसी एसिया बैङ्क लिमिटेडले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत वितरणका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड र सञ्चालक तथा कर्मचारीहरूबाट जम्मा भएको रु. २१ लाख गरी प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा रु. २ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ।
बैङ्कका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा नेपाल सरकारका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मिति २०८३ भाद्र ११ गते उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। मिति २०८३ भाद्र १० गते बिहान भोटेकोसी नदीमा आकस्मिक रूपमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ जिल्ला लगायतका क्षेत्रमा पुगेको ठूलो भौतिक एवं मानवीय क्षतिमा राहत उपलब्ध गराउन बैङ्कले उक्त रकम प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)