रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी : धार्मिक, सांस्कृतिक र सामाजिक महत्व
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदै छ।
वैदिक सनातन धर्मावलम्बीका लागि विशेष महत्वको यो पर्वमा बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गर्ने, ऋषिहरूलाई तर्पण दिने, नयाँ यज्ञोपवीत धारण गर्ने र गुरु-पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)