भोटेकोशी बाढी: यातायात क्षेत्रको क्षति अध्ययन गर्न समिति गठन
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी नदीमा आएको बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको अध्ययन गर्न एक विशेष समिति गठन गरेको छ। महासङ्घका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले बाढीका कारण भएको मानवीय तथा सवारीसाधनको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।
गठित समितिका सदस्यहरूमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरीलगायत रहेका छन्। यस समितिले बाढीका कारण बेपत्ता भएका सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरूको अवस्थाको खोजी गर्नेछ भने सो क्षेत्रमा यात्रा गरिरहेका यात्रुहरूको स्थिति र समग्र भौतिक क्षतिको विवरण तयार पार्ने जिम्मेवारी पाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)